सुनको मूल्यमा दैनिक रेकर्ड, आज पनि तोलामा दुई हजारले बढ्यो 

सुनको मूल्यमा दैनिक रेकर्ड, आज पनि तोलामा दुई हजारले बढ्यो 

काठमाडौं : नेपाली बजारमा आज शुक्रबाुर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । कात्तिक १ गते बिहिबार ६०० रुपैयाँले बढेर एक लाख ६२ हजार ४०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको छ ।  

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

थप समाचार