काठमाडौं : नेपाली बजारमा आज आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । कात्तिक २ गते शुक्रबार दुईै हजार रुपैयाँले बढेर एक लाख ६४ हजार ४०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।