काठमाडौं : नेपाली बजारमा आज सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । कात्तिक ४ गते आइतबार ६०० रुपैयाँले बढेर एक लाख ६५ हजार रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदी तोलामा २० रुपैयाँले बढेको छ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २ हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।