काठमाडौं : नेपाली बजारमा आज मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । कात्तिक ५ गते सोमबार ६०० रुपैयाँले बढेर एक लाख ६५ हजार ६०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदी तोलामा ५ रुपैयाँले बढेको छ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।