काठमाडौं : नेपाली बजारमा आज बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । कात्तिक ६ गते मंगलबार ३०० रुपैयाँले बढेर एक लाख ६५ हजार ९०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २ हजार १३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Advertisment