Below Menu
Below Menu

तीन महिनामा साढे तीन खर्बको व्यापार घाटा, आयात र निर्यात दुवै घट्यो

तीन महिनामा साढे तीन खर्बको व्यापार घाटा, आयात र निर्यात दुवै घट्यो

काठमाडौं : नेपालको वैदेशिक व्यापार निरन्तर खुम्चिदै गएको छ । चालु आर्थिक वर्षको तीन महिनामा नेपालले साढे तीन खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । 

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा मुलुकले तीन खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो ।

गत वर्षको तुलनामा व्यापार घाटा ३.९६ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा नेपालले तीन खर्ब ६६ अर्ब ८८ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो । 

असोजसम्म नेपालले चार खर्ब २९ अर्ब १३ करोड १० लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी गत आवको सोही अवधिमा चार खर्ब ४८ अर्ब ६३ करोड ३८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।   

असोज मसान्तसम्म नेपालले १३२ देशसँग वैदेशिक व्यापार गरेको छ । जसमध्ये २६ देशसँगको व्यापार नाफामा रहेको छ भने १०६ वटा देशसँग नेपालले व्यापार घाटा व्यहोरेको छ । त्यस्तै यस अवधिमा नेपालले भारतसँग २ खर्ब १६ अर्ब ६ करोड ६८ लाख रुपैयाँ र चीनसँग ७८ अर्ब ८ करोड ६६ लाख रुपैयाँ व्यापार घाटा व्यहारेको छ  । 

यस अवधिमा आयात र निर्यात दुवै निर्यात घटेको छ । असोजसम्म आयात ४.१७ प्रतिशतले घटेको छ भने निर्यात ६.११ प्रतिशतले घटेको हो । यस अवधिमा करिब चार खर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ ।

विभागका अनुसार यस अवधिमा चार खर्ब ९० अर्ब ७५ करोड २३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो । गत वर्षको सोही अवधिमा चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । 

यस अवधिमा ३८ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्ष ४० अर्ब ८७ करोड ४८ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात भएको थियो । 

 

Advertisment

थप समाचार