Below Menu
Below Menu

खराब कर्जा बढ्दा आरएसडिसी लघुवित्तको नाफामा असर, इपीएस पनि घट्यो 

खराब कर्जा बढ्दा आरएसडिसी लघुवित्तको नाफामा असर, इपीएस पनि घट्यो 

काठमाडौं : आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा २ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ३५.९९ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा संस्थाले चार करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेका कारण नाफा घटेको हो । यसका साथै संस्थाको खराब कर्जा बढेका कारण पनि लघुवित्तको नाफामा असर परेको हो । 

असोज मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ५.९२ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ११.४२ प्रतिशत घटेको छ ।त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ७.०२ प्रतिशत र सञ्चालन मुनाफा ३५.८६ प्रतिशत घटेको छ । 

गत आवको असोज मसान्तसम्म १.४९ प्रतिशत रहेको लघुवित्तको खराब कर्जा २.५७ प्रतिशत पुगेको छ । त्यस्तै लघुवित्तको इम्पेरमेन्ट बढेर चार्ज एक करोड ७७ लाख रुपैयाँ पुगेको छ। 

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । यस अवधिमा लघुवित्तको इपीएस आम्दानी ७ रुपैयाँ ७१ पैसा घटेर ११ रुपैयाँ ५ पैसामा झरेको छ । असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ६७.७५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३०.४५ रुपैयाँ रहेको छ । 
 

Advertisment

थप समाचार