काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १८.२५ अंकले घटेर २६२७.१४ बिन्दुमा पुगेको हो । बुधबार नेप्से २०.२१ अंकले घटेर २६४५.३९ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ६७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा पाँच अर्ब ४१ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा छ अर्ब २७ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज एनएलजी इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३४ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा नेपाल एसबिआई बैंक रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ९ प्रतितशले बढेको छ । रावा इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment