Below Menu
Below Menu

तिहारको सेरोफेरोमा सहकारीको ऋण असुली न्यायधिकरण गठन हुन्छ : मन्त्री अधिकारी

तिहारको सेरोफेरोमा सहकारीको ऋण असुली न्यायधिकरण गठन हुन्छ : मन्त्री अधिकारी

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले तिहारको सेरोफेरोमा ऋण असुली न्यायधिकरण गठन हुने दाबी गरेका छन् । 

मन्त्री अधिकारीले १०० दिनको उपलब्धी सार्वजनिक गर्दै तिहारको सेरोफेरोमा सहकारीको ऋण असुली न्यायधिकरण गठन हुने दाबी गरे । सहकारी क्षेत्रको समस्या समाधानका लागि सरकारले काम गरिरहेको बताउँदै मन्त्री अधिकारीले विद्यमानकै कर्जा सूचना केन्द्र र बचत तथा कर्जा सुरक्षण कोषमा सहकारीलाई जोड्ने सहमति भएको बताए ।

‘विद्यमानकै कर्जा सूचना केन्द्र र बचत तथा कर्जा सुरक्षण कोषमा सहकारीलाई जोड्ने गरी सरकार अघि बढेको छ’, उनले भने, ‘ति निकायमा सहकारीलाई जोड्न सरकारले पुरा गर्नुपर्ने प्रक्रिया एक महिना भित्रै पुरा गर्नेछौं ।’

त्यस्तै मन्त्री अधिकारीले आगामी १ वर्षभित्र १० वटा समस्याग्रस्त सहकारीको बचत फिर्ता राफसाफ हुने र बाँकी ५० प्रतिशत समस्या समाधार सरकारले गर्ने दाबी गरे ।

Advertisment

थप समाचार