काठमाडौं : सगरमाथा जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले मंसिर १४ गते साधारणसभा बोलाएको छ । उक्त सभा सो दिन बिहान ९ बजे स्मार्ट दरबार शंखपार्क काठमाडौंमा हुने छ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले कात्तिक २६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । जस अन्ुसार कात्तिक २५ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।
Advertisment