काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।