काठमाडौं : एभरेष्ट कलर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि मंसिर १ गते शनिबारका दिन साधारण सभा बोलाएको हो ।
सभा वाईट प्यालेस बैंकेट, मध्यपुर ठिमी ३, भक्तपुर बिहान ११ बजेबाट सुरु हुनेछ । निकट भविष्यमा आइपीओ जारी गर्ने तयारी गरेको कम्पनीले साधारणसभाबाट आइपीओ निष्कासनको प्रस्ताव पारित गर्ने जनाएको छ।
२६ करोड चुक्ता पुँजी रहेको कम्पनीले १५ प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने जनाएको छ।
त्यस्तै, कम्पनीले साधारण सभाबाट आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गराउने जनाएको छ।
Advertisment