Below Menu
Below Menu

मंसिर ५ बाट फेरि सडकमा उत्रिँदै सहकारी पीडित, यो निर्णायक आन्दोलन हो: महासंघ

मंसिर ५ बाट फेरि सडकमा उत्रिँदै सहकारी पीडित, यो निर्णायक आन्दोलन हो: महासंघ

काठमाडौं : सहकारी पीडितहरुले पुन: बृहत् राष्ट्रिय आन्दोलनको घोषणा गरेको छ । सरकारले पीडितहरुलाई बेवास्ता गर्दै माग सम्बोधन नगरेको भन्दै पुन: बृहत् राष्ट्रिय आन्दोलनको घोषणा गरेको हो ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले आज (कात्तिक ९ गते) विज्ञप्ति जारी गर्दै सरकारले बचत फिर्ताको जिम्मा नलिएसम्म रकम फिर्ता हुने अवस्था नदेखिएकोले आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएको छ।

अभियानका अध्यक्ष कुशलब केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बचत फिर्ता गर्न सरकारले जिम्मा नलिएसम्म बचतकर्ताको रकम फिर्ता हुने देखिँदैन, त्यसैले सरकारले यस विषयमा गम्भीरतापूर्वक लाग्नुपर्नेछ । त्यसैले हाम्रो निर्णायक आन्दोलन मंसिर ५ मा हो । हामी आन्दोलनमा उत्रिने बाध्यता सरकारले बनायो ।’

पढ्नुहोस् विज्ञप्ति

Advertisment

थप समाचार