काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्सले नेपाल अपरच्युनिटि फण्ड – १ मा साढे ३८ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।
कम्पनीले आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेडको व्यवस्थापनमा सञ्चालित उक्त फण्डमा प्रतिकित्ता १००० रुपैयाँका दरले तीन लाख ८५ हजार कित्ता इकाई खरिदका लागि सो बराबरको रकम लगानी गर्ने भएको हो ।
लगानीका लागि उक्त कम्पनीसँग कात्तिक ८ गते सम्झौता भएको थियो ।
Advertisment