Below Menu
Below Menu

हाम्रो साकोसको अध्यक्षमा श्यामकृष्ण घिमिरे

हाम्रो साकोसको अध्यक्षमा श्यामकृष्ण घिमिरे

ललितपुर : हाम्रो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा श्यामकृष्ण घिमिरे निर्वाचित भएका छन् । शनिबार सम्पन्न संस्थाको २६औं वार्षिक साधारण सभाले आगामी चार वर्षको लागि घिमिरेलाई निर्विरोध निर्वाचित गरेको हो । घिमिरे यस अघि उपाध्यक्ष थिए ।

त्यस्तै संस्थाको उपाध्यक्षमा कञ्चन बस्नेत, सचिवमा हरिप्रसाद बजगाई, कोषाध्यक्षमा विदुर प्रसाद तिमिल्सिना निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा कमल प्रसाद तिमिल्सिना, दामोदर घिमिरे, प्रेमप्रसाद बजगाई, राधिका विष्ट, लेखबहादुर श्रेष्ठ, रुपा खत्रि, भरत घिमिरे, बिदुर घिमिरे र मणिराज सञ्जेल निर्वाचित भएका छन् ।

त्यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा नारायण थापा निर्वाचित भएका छन् भने सदस्यहरुमा नारायण पोखरेल र लक्ष्मी व्यञ्जनकार निर्वाचित भएका छन् ।

आर्थिक वर्ष २०८०८१को असार मसान्तसम्म संस्थाको सेयर पुँजी १६ करोड १५ लाख, बचत संकलन १ अर्ब २९ करोड १५ लाख, लगानी १ अर्ब २१ करोड९१ लाख, जगेडा कोष १४ करोड ४ लाख रहेको छ । साकोसको कुल सम्पत्ति १ अर्ब ७६ करोड ३१ लाख पुगेको छ ।

१ मुख्य कार्यालय र ३ सेवा केन्द्रबाट २४ जना कर्मचारीले ७ हजार २ सय २५ जना सदस्यलाई सेवा प्रवाह गर्दै आएको छ ।

Advertisment

थप समाचार