सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

काठमाडौं : नेपाली बजारमा आज आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । कात्तिक ७ गते बुधबार ८०० रुपैयाँले बढेर एक लाख ६६ हजार ७०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदी तोलामा १५ रुपैयाँले बढेको छ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २ हजार ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

थप समाचार