समता घरेलु लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने 

समता घरेलु लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने 

काठमाडौं : समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि (कात्तिक १२ गते) थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन गर्ने भएको छ।  

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा तीन करोड ५९० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको तीन लाख् ५० हजार ९०४ दशलमव २५ कित्ता शेयर निष्काशन गर्न लागेको हो।

साविकको सूर्योदय लघुवित्त र वामी लघुवित्त गाभिएपश्चात बनेको समता घरेलु लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ६९.४८  प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत रहेको थियो। सोही पूँजी संरचना ऐन अनुसार कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो।

कम्पनीको एफपीओमा लगानीकर्ताले कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि कात्तिक २६ गतेसम्म लम्बिनेछ। एफपीओमा न्यूनतम १० कित्ता र अधिकतममा एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी ५६ करोड ४० लाख ६ हजार ३०४ रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी ५९ करोड ९० लाख ९६ हजार ७२८ रुपैयाँ २५ पैसा पुग्नेछ। 

थप समाचार