काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ९.१९ अंकले घटेर २६१७.९५ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २१३ कम्पनीको शेयरमूल्य बढेको छ । भने २८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज दुई कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा पाँच अर्ब ३४ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा चार अर्ब ७३ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३३ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा जानकी फाइनान्स र दोल्ती पावर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्र्किट लेभलमा पुगेको छ । पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्य ६ प्रतिशतले घटेको छ ।
Advertisment