सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख ६८ हजार नाघ्यो 

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख ६८ हजार नाघ्यो 

काठमाडौं : नेपाली बजारमा आज मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । कात्तिक ११ गते आइतबार एक हजार ४०० रुपैयाँले बढेर एक लाख ६७ हजार ४०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदी तोलामा ४० रुपैयाँले बढेको छ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

थप समाचार