काठमाडौं : सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ९ करोड ७ लाख रुपैयाँ नाफा कमाएको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलानामा २०२.२८ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा कम्पनीकोआम्दानी बढेका कारण नाफा बढेको हो । असोज मसान्तसम्म आइपुग्दा हाइड्रोपावरको सेवा शुल्क, ब्याज र अन्य आम्दानी १४५.९२ प्रतिशतले बढेर १० करोड ७ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ८० पैसा बढेर ३५ रुपैयाँ ११ पैसा पुगेको छ । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ५०.९८ गुणा रहेको छ।
असोज मसान्तसम्म एक अर्ब ३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४८ करोड ६० लाख रुपैयाँ सञ्चित छ।
Advertisment