काठमाडौं : साताको तेस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४६.६९ अंकले बढेर २६९२.०५ बिन्दुमा पुगेको हो । सोमबार नेप्से २७.४१ अंकले बढेर २६४५.३६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २२१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा छ अर्ब १२ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा पाँच अर्ब ३४ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज समृद्धि फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २० करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जीआईसी इन्स्योरेन्स, कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्र्किट लेभलमा पुगेको छ । आज निफ्रा उर्जा ऋणपत्रको शेयरमूल्य घटेको छ ।
Advertisment