Below Menu
Below Menu

सहकारीबाट लिएको ऋण समयमै तिर्न सरकारको उर्दी, नतिरे कारबाही गरिने

सहकारीबाट लिएको ऋण समयमै तिर्न सरकारको उर्दी, नतिरे कारबाही गरिने

काठमाडौं : सहकारी संस्थाहरुबाट ऋण लिएका ऋणी सदस्यहरुलाई तोकिएको समयमै ऋण तिर्न सरकारले उर्दी जारी गरेको छ ।

ऋणी सदस्यहरुले तोकिएको समयभित्र ऋणको सावाँ तथा व्याज चुक्ता नगर्दा केही संस्थाहरुमा तरलताको समस्या भई सदस्यहरुको बचत फिर्ता गर्न नसकेको गुनासो आएको भन्दै समयमै ऋण तिर्न उर्दा जारी गरेको हो ।

संघीय सहकारी विभागले आज सूचना जारी गर्दै ऋण नतिर्ने ऋणीहरुलाई कानूनी प्रक्रियामै गएर भएपनि ऋण उठाउन सहकारीहरुलाई अनुरोध गरेको छ ।

विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘सहकारी संस्थामा सदस्यहरुको बचत रकम नै कर्जाको रुपमा प्रवाह हुने र ऋणी सदस्यहरुले समयमा नै आफुले भुक्तान गर्नुपर्ने सावाँ तथा व्याज चुक्ता नगर्दा सदस्यहरुको वचत फिर्तामा नकरात्मक असर परेको छ’, सूचनामा भनिएको छ, ‘सहकारी संस्थाका सम्पूर्ण ऋणी सदस्यहरुलाई प्रचलित सहकारी ऐन. नियमावली, निर्देशिका एवं मापदण्डको वर्खिलाप नहुने गरी जुन सम्झौता वा शर्त बमोजिम ऋण लिएको हो सोही बमोजिम ऋणको सावाँ र व्याज लगायतका रकम सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तान गरी जिम्मेवार सदस्यको दायित्व पूरा गर्नुहुन जानकारी गराईन्छ ।’ अन्यथा प्रचलित कानून बमोजिम कारबाही भई जाने समेत विभागले जनाएको छ ।

त्यस्तै सूचनामा थप भनिएको छ, ‘सहकारी संस्थाहरुले समेत सहकारी ऐन, २०७४ को दफा ७९ तथा सहकारी नियमावली, २०७५ को नियम ३० वमोजिमका ऋण तथा बाँकी बक्यौता असुली गर्ने सम्बन्धी व्यवस्थाहरु लगायतका प्रचलित कानुनी प्रावधानहरुको पूर्ण परिपालना गरी आफ्ना सदस्यहरुको ऋण तथा बाँकी बक्यौता असुली गर्ने तर्फ थप क्रियाशिल रहन जानकारी गराईन्छ ।’

विभागले जारी गरेको सूचना


 

Advertisment

थप समाचार