काठमाडौं : नेपाली बजारमा आज बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । कात्तिक १३ गते मंगलबार एक हजार ५०० रुपैयाँले बढेर एक लाख ६८ हजार ५०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदी तोलामा १५ रुपैयाँले बढेको छ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २ हजार १२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।