Below Menu
Below Menu

सोल्टी होटलको बम्पर लाभांश घोषणा, पुस ४ गते बोलायो साधारणसभा 

सोल्टी होटलको बम्पर लाभांश घोषणा, पुस ४ गते बोलायो साधारणसभा 

काठमाडौं : सोल्टी होटलले लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । होटल सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले शेयरधनीहरुलाई ३६.८४ प्रतिशत वितरण गर्ने निर्णय गरेको हो। 

होटलले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि २६.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

प्रस्तावित लाभांश पारित गर्न होटलले आगामी पुस ४ गते ५० औँ वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सुरु हुनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि होटलले मंसिर १३ गते एका दिलनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। जस अनुसार मंसिर १२ गतेसम्म सम्म कायम शेयरधनीहरुमात्रै होटलको लाभांश पाउन र सभा भाग लिन पाउनेछन् । 
 
 

Advertisment

थप समाचार