Below Menu
Below Menu

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? 

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? 

काठमाडौं : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। संस्थाको आज बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट ९.४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णण् गरेको हो । 

कम्पनीले हाल कायम चुक्तापुँजी एक अर्ब २३ करोड ३८ लाख २६ हजार ९०२ रुपैयाँको ९ प्रतिशतका दरले हुन आउने ११ करोड १० लाख ४४ हजार ४२१ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशतले हुन आउने ५८ लाख ४४ हजार ४४१ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि संस्थाको आगामी वार्षिक साधारणसभा पारित भएपछि शेयरधनीहरुलाई वितरण गरिने छ ।  
 

Advertisment

थप समाचार