Below Menu
Below Menu

लाभांश प्रस्तावसहित विन्ध्यवासीनी हाइड्रोपावरले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

लाभांश प्रस्तावसहित विन्ध्यवासीनी हाइड्रोपावरले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

काठमाडौं : विन्ध्यवासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले मंसिर ६ गते, बिहीबार साधारणसभा बोलाएको छ । उक्त सभा कम्पनीको केन्द्रीय नयाँ बानेश्वर, काठमाडौँमा भौतिक तथा भर्चुअल माध्यमबाट बिहान ११ बजे शुरु हुनेछ।

सभाले लाभांश प्रस्तावका साथै सञ्चालक समितिको संख्या संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक २८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जस अनुसार कात्तिक २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Advertisment

थप समाचार