Below Menu
Below Menu

दोहोरो अंकले घट्यो शेयर बजार, करिब छ अर्बमा समेटियो कारोबार 

दोहोरो अंकले घट्यो शेयर बजार, करिब छ अर्बमा समेटियो कारोबार 

काठमाडौं : साताको चौथो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १४.४३ अंकले घटेर २६७७.६२ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ४६.६९ अंकले बढेर २६९२.०५ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ७५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा पाँच अर्ब ९५ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा छ अर्ब १२ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सिईडिबि हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३४ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा गुराँस लघुवित्त वित्तीय संस्था र मिड सोलु हाइड्रोपावर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्र्किट लेभलमा पुगेको छ । आज जानकी फाइनान्सको शेयरमूल्य ४ प्रतिशतले घटेको छ ।
 

Advertisment

थप समाचार