सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख ७१ हजार पुग्यो 

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख ७१ हजार पुग्यो 

काठमाडौं : नेपाली बजारमा आज बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । कात्तिक १४ गते बुधबार दुई हजार २०० रुपैयाँले बढेर एक लाख ७० हजार ७०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदी भने तोलामा ३० रुपैयाँले घटेको छ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २ हजार ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

थप समाचार