Below Menu

जुवाको खालबाट नगद नौ लाखसहित १५ जना पक्राउ

जुवाको खालबाट नगद नौ लाखसहित १५ जना पक्राउ

धरान : बराहक्षेत्र नगरपालिका– ३ नडाहास्थित एक घरमा जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि धरानबाट परिचालन भएको प्रहरीको टोलीले रु नौ लाख ६८ हजार नगदसहित १५ जनालाई पक्राउ गरेको छ ।

Sponsored Advertisement

जिल्ला प्रहरी कार्यलयका प्रमुख सुमनकुमार तिमिल्सिनाका अनुसार जुवाको खालबाट १२ थान मोबाइल पनि बरामद गरिएको छ । अभियुक्तहरूलाई महेन्द्रनस्थित इलाका प्रहरी कार्यलयमा राखेर अनुसन्धान थालिएको छ ।

निजहरूबाट केही सार्वजनिक (अपराध र सजाज) ऐन, २०२७ को वर्खिलाप कसूर भएकाले सोही ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने छ । 

थप समाचार