Below Menu
Below Menu

बलेफी हाइड्रोपावर र लिबर्टी इनर्जीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

बलेफी हाइड्रोपावर र लिबर्टी इनर्जीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं :  दुई जलविद्युत कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

हकप्रद निष्काशन प्रयोजनका लागि बलेफी हाइड्रोपावर र लिबर्टी इनर्जीले भोली अर्थात कात्तिक २१ गते बुकक्लोज गर्दैछन्। जसअनुसार आजसम्म कायम शेयरधनीहरुले यी कम्पनीहरुको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

बलेफी हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा प्रतिशेयर १०० अंकित मूल्यका १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

त्यस्तै, लिबर्टी इनर्जीले हाल कायम चुक्ता पूँजीको १० बराबर ५ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।


 

Advertisment

थप समाचार