Below Menu
Below Menu

एशियन लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेखको ब्याज छुट दिने समय थप 

एशियन लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेखको ब्याज छुट दिने समय थप 

काठमाडौं : एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याज÷जरिवाना) मा छुट दिने समय थप गरेको छ । कम्पनीबाट जारी भएका बीमालेख अन्तर्गत असोज १० गतेसम्म व्यतित बीमालेखहरुमा छुट दिने समय बढाएको हो ।

कम्पनीबाट जारी भएका बीमालेख अन्तर्गत साउन मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका बीमालेखहरु भदौ ११ गतेदेखि असोज कात्तिक २१ गतेसम्म नविकरणरपुनर्जागरण गर्दा विभिन्न शर्तहरुको अधिनमा रही बीमाशुल्कमा लाग्ने बिलम्ब शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने छ । यसअघि असोज १० गतेसम्मको समय दिएको थियो । 

कम्पनीले ५ वर्षदेखिका बीमालेखमा ५० प्रतिशत र २ वर्षदेखि ५ वर्ष भन्दा कमका बीमालेखमा २५ प्रतिशत छुट दिने भएको हो । उक्त यस योजनामा समावेश भएका बीमालेखहरू २ वर्ष भन्दा कम परिपक्क भएमा कुनै पनि ब्याज छुट नगरिने कम्पनीले जनाएको छ । 

यसका साथै एक पटक विलम्ब शुल्कमा छुट लिई सकेका बीमालेखलाई यस योजनामा समावेश नगरिने समेत कम्पनीले जनाएको छ । 

Advertisment

थप समाचार