Below Menu
Below Menu

तिहारपछिको कारोबारमा नेप्सेमा तीव्र उचारचढाव, परिसूचक र कारोबार दुबै घट्यो  

तिहारपछिको कारोबारमा नेप्सेमा तीव्र उचारचढाव, परिसूचक र कारोबार दुबै घट्यो  

काठमाडौं : तिहारपछिको पहिलो कारोबार दिन मंगलबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.२१ अंकले घटेर २६७७.४० बिन्दुमा पुगेको हो । बुधबार नेप्से १४.४३ अंकले घटेर २६७७.६२ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ११३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज छ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब २० करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा पाँच अर्ब ९५ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेपाल फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २९ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा सुपर माई हाइड्रोपावर रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको छ । आज मिड सोलु हाइड्रोपावर शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Advertisment

थप समाचार