Below Menu
Below Menu

बलेफी हाइड्रोपावरको शेयरमूल्य समायोजन 

बलेफी हाइड्रोपावरको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले बलेफी हाइड्रोपावरको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि आज बुक क्लोजको मिति तय गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

नेप्सेका अनुसार कम्पनीको १०० प्रतिशत हकप्रद पछिको शेयरमूल्य ३०६ दशलमव ६० रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ५१३ दशमलव २० रुपैयाँमा भएको थियो ।

Advertisment