Below Menu
Below Menu

ट्रेड टावरले आईपीओ निष्कासन गर्ने, मंसिर १२ गते बोलायो साधारणसभा 

ट्रेड टावरले आईपीओ निष्कासन गर्ने, मंसिर १२ गते बोलायो साधारणसभा 

काठमाडौं : ट्रेड टावर लिमिटेड (थापाथली) ले सर्वसाधारणमा प्राथमिक शेयर आईपीओ निष्काशन गर्ने भएको छ ।क म्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित मंसिर १२ गते बुधबार साधारणसभा बोलाएको छ ।

उक्त सभा होटल क्रिष्टल पशुपति, ट्रेड टावर, गौशालामा सो दिन बिहान साढे १० बजेदेखि शुरु हुनेछ । 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित वासलात, नाफा नोक्सा हिसाब तथा नगद प्रवाहलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र अन्य कम्पनीसँग मर्जर गर्ने डिडिए गर्ने र मर्जर सम्झौता गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । 

Advertisment