Below Menu
Below Menu

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सवा तीन लाख कित्ता शेयर बिक्रीमा

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सवा तीन लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्सले सवा तीन लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको तीन लाख २० हजार २१४ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरुले रिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । 

कम्पनीको शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ । 

तोकिएको समयमा संस्थापक शेयरधनीबाट शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई शेयर बिक्री गर्ने कम्पनीले जनाएको छ । 
 

Advertisment

थप समाचार