Below Menu
Below Menu

दिव्यश्वरी हाइड्रोपावरको नाफा ६९ लाख ८१ हजार, प्रतिशेयर आम्दानी कति ? 

दिव्यश्वरी हाइड्रोपावरको नाफा ६९ लाख ८१ हजार, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ६९ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

गत वर्षको सोही अवधिमा यो कम्पनी ४ लाख ९५ हजार रुपैयाँ घाटामा रहेको कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी बढेसँगै नाफा पनि बढेको हो । यसका साथै कम्पनीको वित्तीय खर्च घटेका कारण पनि नाफा बढेको हो । 

असोज मसान्तसम्म आइपुग्दा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ३ करोड ३१ लाख रुपैयाँबाट बढेर ३ करोड ४६ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा एक करोड ८७ लाख रुपैयाँ रहेको कम्पनीको वित्तीय खर्च घटेर एक करोड ४३ लाख रुपैयाँमा झरेको छ । 

सोज मसान्त्सम्म २६ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको हाइड्रोपावरको जगेडा कोष भने २९ करोड ८ लाख रुपैयाँले ऋणात्मक छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १०.४५ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २.६४ रुपैयाँ रहेको छ । 

Advertisment

थप समाचार