काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.८८ अंकले घटेर २६७५.५१ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ०.२१ अंकले घटेर २६७७.४० बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १२१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ११७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज छ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा पाँच अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा चार अर्ब २० करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३५ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा नारायणी डेभलपमेन्ट बैंक रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्र्किट लेभलमा पुगेको छ । आज कुथेली बुखारी स्मल हाइड्रोपावर शेयरमूल्य ९ प्रतिशतले घटेको छ ।
Advertisment