काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले आशा लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै नेप्सेले अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको १४.२५ प्रतिशत बोनसपछिको शेयरमूल्य ९३५ दशलमव ६७ रुपैयाँमा समायोजन भएको छ । संस्थाको अन्तिम कारोबार एक हजार ६९ रुपैयाँमा भएको थियो । समायोजित मूल्यका आधारमा आइतबार दोस्रो बजारमा संस्थाको कारोबार हुनेछ ।
Advertisment