काठमाडौं : आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा संस्थाले ४३ लाख ५३ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ ।
गत आवको सोहही अवधिमा ५२ लाख ८३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो संस्थाले यस वर्ष नोक्सानी व्यहोरेको हो ।
संस्थाको खुद ब्याज आमदानी बढेपनि प्रोभिजनको रकम बढ्दा घाटा व्यहोरेको हो । यस अवधिमा आइपुग्दा लघुवित्तले प्रोभिजनका लागि छुट्याएको रकम ७०.२३ प्रतिशतले बढेको छ । संस्थाको खराब कर्जा बढेर १४.४३ प्रतिशत पुगेको छ ।
असोज मसान्तसम्म संस्थाको खुद ब्याज आम्दानी १६.१७ प्रतिशतले बढेर ३ करोड १३ लाख पुगेको छ । गत वर्ष उक्त आम्दानी २ करोड ६९ लाख रुपैयाँ थियो ।
चुक्ता पुँजी ६ करोड ८५ लाख रुपैयाँ रहेको यस संस्थाको जगेडा कोषमा २० करोड ५ लाख रुपैयाँ छ । यस संस्थाको प्रतिशेयर आम्दानी ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ३८२.२२ रुपैयाँ रहेको छ ।
Advertisment