काठमाडौं : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा कम्पनीले ३ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलानामा ३८.६८ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा संस्थाले ५ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको ब्याज आम्दानी घट्दा नाफा घटेको हो । यसका साथै संस्थाको खराब कर्जा बढेका कारण पनि नाफामा असर परेको हो ।
यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी २५.१२ प्रतिशतले घटेर ६ करोड ५२ हजार रुपैयाँ झरेको छ । गत वर्ष संस्थाको ब्याज आम्दानी ८ करोड १ लाख रुपैयाँ थियो ।गत वर्ष १.९१ प्रतिशत रहेको संस्थाको खराब कर्जा बढेर ४.४४ प्रतिशत पुगेको छ । त्यस्तै संस्थाको वितरणयोग्य नाफा १३ करोड ४३ लाख रुपैयाँ रहेको छ ।
चुक्ता पुँजी एक अर्ब २३ करोड ३८ लाख रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा ३० करोड १९ लाख रुपैयाँ जम्मा रहेको छ । असोज मसान्तसम्म संस्थाको प्रतिसेयर आम्दानी १०.०८ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १३५.३२ रुपैयाँ छ ।
Advertisment