Below Menu
Below Menu

सुपर मादी हाइड्रोपावरको नाफामा सुधार, रिजर्भको आकार ८६.९१ प्रतिशतले बढ्यो

सुपर मादी हाइड्रोपावरको नाफामा सुधार, रिजर्भको आकार ८६.९१ प्रतिशतले बढ्यो

काठमाडौं : सुपर मादी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा १६ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ५०.८३ प्रतिशतले बढी हो । गत वर्ष हाइड्रोपावरले १० करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । असोज मसान्तसम्म आइप्ग्दा कम्पनीको विद्युत बिक्री आम्दानी केही घटेपनि वित्तीय खर्च घटेका कारण खुद नाफामा सुधार देखिएको हो।

यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी घटेर ४३ करोड २७ लाखबाट घटेर ४२ करोड १५ लाख रुपैयाँमा झरेको छ भने कुल नाफा ४१ करोड ९६ लाखबाट घटेर ४१ करोड २० लाखमा झरेको छ। 

गत वर्षको असोज मसान्तसम्ममा २३ करोड १३ लाख रुपैयाँ रहेको कम्पनीको वित्तीय खर्च, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा आइपुग्दा १६ करोड ३५ लाख रुपैयाँमा सीमित भएको छ। 

असोज मसान्तसम्म दुई अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३० करोड ५ लाख रुपैयाँ सञ्चित छ। गत वर्षको तुलनामा रिजर्भको आकार  ८६.९१ प्रतिशतले बढेको छ। गत आवको सोही अवधिमा कम्पनीको रिजर्भमा १६ करोड ७ लाख रुपैयाँ थियो।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ७२ पैसा रहेको छ । त्यस्तै प्रति शेयर नेटवर्थ ११४ रुपैयाँ ३१ पैसा रहेको भने मूल्य आम्दानी अनुपात ९.७६ गुणा रहेको छ।

Advertisment