Below Menu
Below Menu

नाफामा गिरावट आएपछि निसानद्वारा नौ हजार कर्मचारी कटौतीको घोषणा 

नाफामा गिरावट आएपछि निसानद्वारा नौ हजार कर्मचारी कटौतीको घोषणा 

टोक्यो : जापानी कार उत्पादक कम्पनी निसानले बिहीबार नौ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्नो वार्षिक बिक्री पूर्वानुमान घटाएको छ र‘गम्भीर अवस्था’ सामना गर्न तत्काल उपायहरू गरिरहेको बताएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत माकोतो उचिदाले उत्तर अमेरिकी बजारमा कमजोर बिक्री प्रमुख कारक भएको पत्रकारहरूलाई बताएपछि कम्पनीले पहिलो अर्धवार्षिकमा शुद्ध नाफामा ९३ प्रतिशतले गिरावट आएको जनाएको छ।

बेइजिङद्वारा समर्थित तीव्र गतिमा बढिरहेका विद्युतीय वाहन कम्पनीहरूका कारण निसान र यसका घरेलु प्रतिद्वन्द्वीहरूले पनि चीनमा आफ्नो आधार खडा गर्न सङ्घर्ष गरिरहेका छन् ।

“गम्भीर अवस्थाको सामना गर्दै निसानले आफ्नो प्रदर्शनलाई परिवर्तन गर्न र बजारमा परिवर्तनहरू द्रुत रूपमा अनुकूलन गर्न सक्षम अधिक लचिलो व्यवसाय सिर्जना गर्न तत्काल उपायहरू लिइरहेको छ”, कम्पनीको एक विज्ञप्तिमा भनिएको छ, “निसानले विश्वव्यापी उत्पादन क्षमतामा २० प्रतिशतले कटौती गर्नेछ र विश्वव्यापी कार्यबल नौ हजारले घटाउनेछ ।”

उचिदाले ‘नोभेम्बर २०२४ देखि आफ्नो मासिक पारिश्रमिकको ५० प्रतिशत स्वेच्छाले त्याग्ने र अन्य कार्यकारी समितिका सदस्यहरूले पनि त्यसअनुरूप तलब कटौती गर्ने’ बताएका छन् ।

कम्पनीले यसअघि एक सय ४० खर्ब येन अनुमान गरिएको तुलनामा अब एक सय २७खर्ब येन (८० अर्ब डलर) को शुद्ध बिक्री अपेक्षा गरेको छ । तर निसानले बिहीबार शुद्ध नाफाको पूर्वानुमान जारी गरेन। जुलाईमा १० अर्ब येनसम्म पु¥याएको थियो । वर्षको पहिलो छ महिनामा शुद्ध नाफा १९ अर्ब २० करोड अर्ब येन मात्र थियो।

“नियोजित पुनर्लाभ प्रयासहरूका लागि आवश्यक लागतहरूको निरन्तर मूल्याङ्कनका कारण शुद्ध आय निर्धारण गर्नुपर्नेछ”, उचिदाले भने । उनले निसानका ‘कोर’ वाहन मोडेलहरू पश्चिमी अमेरिकामा पहिलेजस्तो राम्रो प्रदर्शन नगरेको बताए । “लागत दृष्टिकोणबाट र ब्राण्ड शक्तिको दृष्टिकोणबाट हामी अमेरिकामा हाम्रो ब्रान्डको पुनर्निर्माण गर्नेछौँ”, उनले भने ।

अन्य उपायमा कार कम्पनीले मित्सुबिशी मोटर्समा आफ्नो हिस्सा घटाएर कम्पनीलाई बिक्री गर्नेछ । यसले मित्सुबिशीमा यसको हिस्सेदारी हालको ३४ प्रतिशतबाट करिब २४ प्रतिशतमा झर्ने बताएको छ । निसानले कम्पनीसँग घनिष्ठ सम्बन्ध राख्ने उचिदाले बताए ।

निसानले २०१८ मा पूर्व प्रमुख कार्यकारी अधिकृत कार्लोस घोसनको गिरफ्तारीसहितको अशान्त दशक देखेको छ । घोसन अब लेबनानमा अन्तर्राष्ट्रिय देशद्रोही हुनुहुन्छ र उहाँले आफूविरुद्धका आरोपहरू अस्वीकार गरेका छन् । निष्पक्ष परीक्षण प्राप्त गर्न नसकिने विश्वासमा उनी जापानबाट भागेका थिए । 

Advertisment

थप समाचार