काठमाडौं : बुढानिलकण्ठ हेरिटेज लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित मंसिर १४ गते शुक्राबार साधारणसभा बोलाएको छ ।
उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय बुढानिलकण्ठमा बिहान दिउँसो ४ बजेदेखि शुरु हुनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित वासलात, नाफा नोक्सा हिसाब तथा नगद प्रवाहलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।
यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र हाल कायम चुक्ता पुँजी ८५ करोड रुपैयाँ बराबरको २९.५६ प्रतिशतका दरले हुन आउने हकप्रद शेयर साविकका शेयरधनीहरुलाई मात्र बिक्री गर्ने प्रस्ताव पारित गर्नेछ ।
Advertisment