काठमाडौं : सगरमाथा जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात कात्तिक २६ गते बुकक्लोज गर्दैछ।
जसअनुसार आजसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२५ प्रतिशतका दरले नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले मंसिर १४ गते, शुक्रबार साधारणसभा बोलाएको छ । उक्त सभा सो दिन स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा बिहान ९ बजे शुरु हुनेछ ।
Advertisment