काठमाडौं : समाज लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा कम्पनीले ४२ लाख १२ हजार रुपैयाँ नोक्सानी व्यहोरेको हो ।
गत बर्षको सोही अवधिमा ५१ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको संस्थाले चालु आवकाे साेही अवधिमा आइपुग्दा ४२ लाख १२ हजार रुपैयाँ नोक्सान व्यहोरेको हाे ।
कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालक नाफा घट्दा नाेक्सान बढेकाे हो । यसका साथै संस्थाका खराब कर्जा घटेपनि नाेक्सानी बढेकाे हाे ।
गत बर्ष ४.८२ प्रतिशत रहेको संस्थाको खराब कर्जा चालु आर्थिक बर्षमा घटेर ४.४८ प्रतिशतमा कायम भएको छ ।
असाेज मसान्तसम्म २ करोड २८ लाख ५० हजार रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा २ करोड ३६ लाख ८१ हजार रुपैयाँ जम्मा रहेको छ । असोज मसान्तसम्म प्रतिसेयर आम्दानी २८.०६ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ २०३.६४ रहेको छ ।
Advertisment