डिप्रोक्स लघुवित्तको ५२ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा

डिप्रोक्स लघुवित्तको ५२ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा

काठमाडौं : डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले व्यक्तिको नाममा रहेको ५२ हजार ७३५ कित्ता शेयर बिक्रीमा  ल्याएको छ । उक्त शेयर संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले  ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी के कति कित्ता शेयर कति मुल्यमा खरिद गर्ने हो सो को व्यहोरा खुलाई संस्थाको कर्पोरेट कार्यालय सितापाईला, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।

साथै तोकिएको समयमा संस्थापक शेयरधनीहरुबाट आवेदन पेश नभएको खण्डमा संस्थाले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गर्ने जनाएको छ ।

थप समाचार