Below Menu
Below Menu

खराब कर्जा घट्दा उपकार लघुवित्तको नाफामा सुधार, इपीएस कति ? 

खराब कर्जा घट्दा उपकार लघुवित्तको नाफामा सुधार, इपीएस कति ? 

काठमाडौं : उपकार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा कम्पनीले २७ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको हो ।

गत बर्षको सोही अवधिमा ३ करोड ३७ लाख ५१ हजार रुपैयाँ नोक्सानी व्यहोरेको कम्पनीले नाफा बढाएको हो । यस अवधिमा संस्थाको ब्याज आम्दानी बढेसँगै नाफा बढेको हो ।

गत बर्ष एक करोड ७५ लाख ८३ हजार रुपैयाँ रहेको संस्थाको ब्याज ४७.७३ प्रतिशतले बढेर २ करोड ५९ लाख ८४ हजार रुपैयाँ पुगेको छ । गत बर्ष २.१३ प्रतिशत रहेको संस्थाको खराब कर्जा चालु आवमा घटेर १.२५ प्रतिशतमा झरेको छ । जसमा कारण नाफामा सुधार देखिएको हो । 
 
असोज मसान्तसम्म आइपुग्दा नाफासँगै संस्थाको प्रतिशेयर आम्दानी बढेको छ । यस अवधिमा संस्थाको प्रतिसेयर आम्दानी ४.१६ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ २३७.४३ रुपैयाँ छ ।

चुक्ता पुँजी १० करोड ६१ लाख ४८ हजार रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा १५ करोड २ लाख ९१ हजार रुपैयाँ जम्मा रहेको छ । 

Advertisment

थप समाचार