Below Menu
Below Menu

दोहोरो अंकले बढ्यो शेयर बजार, एघार अर्ब ३१ करोडको कारोबार 

दोहोरो अंकले बढ्यो शेयर बजार, एघार अर्ब ३१ करोडको कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २२.१४ अंकले बढेर २७६०.२१ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ६२.५४ अंकले बढेर २७३८.०६ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १४३ कम्पनीको शेयरमूल्य बढेको छ । भने ९२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज नौं कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा ११ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा नौं अर्ब ७७ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज साहस उर्जा कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३८ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा सपोर्ट माइक्रो पाmइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त वित्तीय संस्था हरेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्र्किट लेभलमा पुगेको छ । आज इस्टर्न हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
 

Advertisment