नेप्सेमा थपियो एक करोड २२ लाख कित्ता बढी शेयर 

नेप्सेमा थपियो एक करोड २२ लाख कित्ता बढी शेयर 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सवा एक करोड कित्ता शेयर थपिएको छ । सोमबार नेप्सेले समाज लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको बोनस शेयर र आँखुखोला जलविद्युत कम्पनीको हकप्रद गरी कुल एक करोड २२ लाख ७८ हजार ५०० कित्ता शेयर सूचीकृत गरेको हो 

नेप्सेका अनुसार समाज लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत बोनसपछिको २८ हजार ५०० कित्ता, कर्पोरेट डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनसपछिको २ लाख ५० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

त्यसैगरी नेप्सेले आँखुखोला जलविद्युत कम्पनीको १५० प्रतिशत हकप्रद पछिको एक करोड २० लाख कित्ता शेयर सूचीकृत गरेको हो । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

थप समाचार