काठमाडौं : नेपाल स्टक एक्सचेन्ञ नेप्सेले एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै नेप्सेले अन्तिम कारोबारका आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको ६२.५६ प्रतिशत हकप्रदपछिको शेयरमूल्य ८६२ दशमलव १८ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार एक हजार ३३९ रुपैयाँमा भएको थियो ।
समायोजित मूल्यका आधारमा दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।
Advertisment